रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव

रौतहट | भदौ ८, २०८२

रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव सांकेतिक तस्वीर

रौतहट:  रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटिएको छ ।


रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति शङ्कास्पद सुटकेस फेला परेको थियो ।


डोरीले बेरिएको सुटकेस वेवारिसे अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएका टोलीले सुटकेसभित्र शव रहेको थाहा पुष्टि भएको थियो । 


प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको शङ्कास्पद सुटकेस खोलेपछि त्यसभित्र महिलाको शव रहेको पाइएको हो ।


उक्त शव कसको हो भन्ने बारेमा केही खुलेको छैन । महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्